Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

प्रेम दिवसको अवसरमा गायिका गीता पाण्डेको आँखा भरि तिमी मात्र गीत अडियोमा सार्वजनिक



सर्वाधिक प्रिय गीत युवाहरू माझ रेलीमै रेलीमैका सङ्गीतकार शुभ बहादुर सुनामको नयाँ गीत आँखा भरि तिमी मात्र प्रेम दिवसको अवसरमा जसमा गायिका गीता पाण्डेले स्वर दिएको गीत अडियोमा सार्वजनिक भएको छ । शब्द तथा सङ्गीत विशिष्ट सङ्गीतकार शुभ बहादुर सुनामको रहेको छ । यसै गरी गीतको प्रबन्ध एरेन्ज राजेश कुमार श्रेष्ठले गरेका हुन् । यस गीत म्युजिक पार्कमा रेकरडिंङ्ग गरिएको हो ।
तारा देवी, सुक्मित गुरुङ,प्राश्ना शाक्य देखि अहिलेका युवा गायिका गीता पाण्डे सम्म सङ्गीत गरेका सङ्गीतकार शुभ बहादुर सुनाम प्रबल सम्भावना बोकेकी नव गायिका गीता पाण्डेको रूपमा चिनाउँछन् ।
प्रेम दिवस अर्थात् भ्यालेन्टाइनडे फेब्रुअरी १४ कालागि लक्ष्य गरेर युवा पुस्ता माझ आँखा भरि तिमी मात्र गीत सार्वजनिक गरेको हो । आगामी दिनमा यस गीतलाई भिडियो पनि गरिने छ ।

प्रतिक्रिया दिनुहोस्