Logo
Logo

वेस्ट मन्टेश्वरी चेन अफ स्कूल्स अन्तर्राष्ट्रिय अवार्डले सम्मानित




वेस्ट विजीनेस र्वल्ड इन्टरनेसनल अर्गनाइजेसन(बिडब्लुआइओ),अमेरिकाले प्रत्येक वर्ष वितरण गर्ने (बिडब्लुआइओ),अमेरिका अवार्ड यस वर्ष नेपालको वेस्ट मन्टेश्वरी चेन अफ स्कूल्सले पाएको छ । सो स्कुलले एजुकेसन एक्सलेन्स अवार्ड पाएको हो ।
शनिवार मलेसियाको राजधानी क्वलालम्पूरमा एक भव्य समारोह बिच सो कार्यक्रमको आयोजना भएको थियो । बिश्वभरीनै पठनपाठन गराइने मन्टेश्वरी शिक्षा प्रविधिलाई सन २००५ मा स्थापित सो निजी शैक्षिक संस्थाले आर्थिक नेपालमा हालसम्म दश हजारको हाराहारीमा मन्टेश्वरी तालिम दिई यो प्रणाली लागू गर्नमा अग्रणी भूमिका खेलेकोमा सो पुरस्कार प्रदान गरिएको हो ।

हाल सो संस्थाको ९ वटा प्रिस्कुल, नेपालकै पहिलो मन्टेश्वरी हाई स्कुल तथा मन्टेश्वरी तालिम केन्द्रमा करिब सयभन्दा माथि शिक्षक–शिक्षिका तथा कर्मचारीहरूलाई प्रत्यक्ष रोजगारी दिई राष्ट्रलाई सेवा दिइएको छ ।
हाल सोही संस्थाबाट मन्टेश्वरी प्रयोगात्मक शिक्षा प्रणाली निजी स्तरमा मात्र नभई सामुदायिक विद्यालयहरूमा पनि थालनी गरिएको र देशै भरी गुणस्तरीय प्रयोगात्मक शिक्षाको जग बसाउन जोड दिइरहेको जानकारी विद्यालयका प्रिन्सिपल सुश्मा लामाले बताइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको