Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

वैदेशिक रोजगार विभागको महानिर्देशकमा दाहाल



काठमाण्डौं । सुचना आयोगका सहसचिव कुमार दाहाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिनका लागि दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले बतायो ।

डाक्टर भिष्म कुमार भुषालको सरुवा भइसकेकाले विभागको रिक्त महानिर्देशकमा दाहाललाई पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको हो ।

यसअघि दाहालले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक, यातायात विभागको महानिर्देशक, विराटनगर महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत लगायतको जिम्मेवारी वहन गरिसकेका छन् ।

आफुले नेतृत्व गरेको विभागमा दाहालले केही न केही नयाँ काम तथा सुधार गर्दै आएका छन् । कडा स्वभावका आँटिला निजामति सेवक भनेर चिनिएका दाहाललाई स्वच्छ स्वभावका इमान्दार कर्मचारीका रुपमा समेत लिइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्