Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

बाराका ५४ जना विद्युत चोर कारबाहीमा



काठमाडौं । बाराका विभिन्न स्थानबाट हुकिङ गरेर विद्युत चोरी गर्ने ५४ जना कारबाहीमा परेका छन् । नेपाल

विद्युत प्राधिकरण कलैयाँ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियान कार्यक्रम अन्तर्गत गस्तीमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।

गस्तीमा गएको प्राधिकरणका कर्मचारी र प्रहरी टोलीले शिष्ट महेशुर, सहजौली, खमवा, कुल्मीलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरी कारबाही गरेको वितरण केन्द्रका प्रशासन प्रमुख झंक प्रसाद खनालले बताए ।

उनका अनुसार विद्युत चोरीमा प्रयोग गरिएको उपकरण पनि जफत गरिएको छ । पक्राउ परेका स्थानीयबाट ९ लाख २ हजार ८ सय २० रुपैयाँ जरिवाना असुल गरिएको केन्द्रले जनाएको छ । उनीहरुबाट कसुर अनुसारको जरिवाना असुल गरी छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्