Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

पहिलो राष्ट्रिय झन्डा दिवस सम्पन्न



६५ औँ सहिद दिवसको पावन अवसरमा मन्टेश्वरी एसोसिएसन नेपालले सहिदहरूको बलिदानलाई श्रद्धाञ्जली स्वरूप पृथक् रूपमा देशमै पहिलो पटक राष्ट्रिय झन्डा दिवस मनाएको छ । राष्ट्रिय एकताको प्रतीक विश्वमै पृथक् नेपालको राष्ट्रिय झन्डा रहेको छ । गत वर्ष परीक्षणको रूपमा वेस्ट मन्टेश्वरीले झन्डा दिवस मनाउन सुरुवात गरेको थियो । यस वर्ष दिवसकै दिन सरस्वती पूजा पनि भएकाले विद्यार्थीहरूमा रौनक थपिएको कार्यक्रम आयोजक पक्षले जनाएको छ ।

सानै देखी विद्यार्थीहरूलाई यस्ता खाले राष्ट्रिय भावले ओत पोत कार्यक्रमले उनीहरूमा राष्ट्रिय भाव जागृत हुने कुरामा आयोजक संस्थाकी अध्यक्ष सुषमा लामा विश्वस्त रहेकी छिन् ।

सरकारी स्तर बाटै यस दिनलाई सहिद तथा राष्ट्रिय झन्डा दिवस घोषणा गरियोस् भन्ने धारणा मन्टेश्वरी एसोसिएसन भैरहवाका अध्यक्ष अनामिका बस्यालको छ । यसका लागि ध्यानाकर्षण गर्दै मन्टेश्वरी एसोसिएसन झापाका सचिव अमर सुब्बाले सबै राष्ट्र प्रेमीहरूले आ–आफ्ना क्षेत्रबाट पहल गर्ने कुरामा जोड दिए । संस्थाले वर्षैभरि विभिन्न प्रकारका प्रयोगात्मक कार्यक्रमहरू आयोजना गर्दै बालबालिकाहरूको विकासमा सहयोग गरेको दाबी मन्टेश्वरी एसोसिएसन काठमान्डु सचिव अनु डङ्गोलको थियो ।


यस संस्थाको सहकार्यमा आर के इन्टरटेनमेन्टले “किन्डर प्रिन्ट–प्रिन्सेस”नामक विश्वमै पहिलो पटक ६ वर्ष भन्दा मुनिका बालकहरूको कार्यक्रम विगत ६ वर्ष देखि आयोजना गर्दै आइरहेको छ । यस कार्यक्रमलाई विभिन्न जिल्लाहरूमा पनि आयोजना गरिने तयारीमा आयोजक राम केसी लागी परेका छन् । यसै सन्दर्भमा फागुन १० गते भैरहवामा एसोसिएसनका पदाधिकारीको राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको जानकारी काठमाडौँ अध्यक्ष सुषमा थापाले दिइन् ।

राजधानी सहित बिर्तामोड, धरान, विराटनगर, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, बाँके लगायत स्थानमा सो कार्यक्रमको आयोजना गरिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्