Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

सुनको भाउ इतिहासकै महँगो ६३ हजार तीन सय रुपैयाँसम्म कारोबार



काठमाडौं। सुनको भाउ दुई हप्तामा प्रति तोला २६०० रुपैयाँले घटेको छ। फागुन ८ गते इतिहासकै महँगो ६३ हजार तीन सय रुपैयाँसम्म कारोबार भएकोमा त्यसयता लगातार घट्दा ६० हजार ७०० रुपैयाँमा झरेको हो।

यो हप्ताको विचमा ३०० रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने क्रममा यसको असर नेपाली बजारमा पनि परेको थियो। गत ८ गते अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औन्स १३४३।३० डलससम्ममा कारोबार भएको थियो। त्यसै दिन नेपाली बजारमा पनि अधिकतम ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

अमेरिका र चीन विचको ब्यापार युद्धको प्रभावले सुनको भाउ बढेको थियो। पछिल्ला दिनमा डोनाल्ट ट्रम्पले विवाद समाधानको लागि निरन्तर पहल गरेसँगै डलरको अवस्था सुधार भएपछि सुनमा गिरावट आएको हो।

प्रतिक्रिया दिनुहोस्