Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

कार्की भन्छन्,“व्यापार मेरो पेसा, खेलकुद मेरो पेसन”




गणेश कार्की, सिङटी हाइड्रोपावर कम्पनीका प्रमुख । खेलकुद र व्यवसाय दुवै क्षेत्रमा परिचित यी ऊर्जा व्यवसायीले पछिल्लो समय विद्युत् उत्पादनमै आफूलाई सक्रिय राखी रहेका छन् । नेपाल हाइड्रोपावर व्यवसायी सङ्घका कार्यसमिति सदस्य तथा वैभव हाइड्रोपावरका निर्देशक रहेका कार्कीले बुटवलमा पेन स्टेक पाइपको उत्पादन पनि गरिरहेका छन् । शिक्षा क्षेत्रमा पनि सक्रिय कार्कीको दमकको निम्स कलेज र आस्था कलेजमा पनि आफूलाई सक्रिय राखेका छन् ।
झापाका स्थायी बासिन्दा कार्कीको ऊर्जा क्षेत्र पहिलो व्यवसाय भने होइन । तिन दशक अघि गलैँचा उद्योग मार्फत व्यवसायको दुनियाँमा अघि बढेका कार्कीले ५० को दशकको सुरुवातमा पस्मिना उद्योग सुरु गरेका थिए ।
पछिल्लो समय उनमा एउटा सोच पलायो । राष्ट्रिय प्राथमिकताको क्षेत्रमा चासो दिने र व्यवसाय पनि अघि बढाउने । यस क्रममा उनले छाने, हाइड्रोपावरको काम । सायद अव सिङटीले एक महिना जत्तिको समयमा उत्पादन दिने छ । त्यसो त प्रकृतिसँग जुधेर काम गर्नु पर्छ , यसमा सामान्य जोखिम त हुने नै भयो । तर, हाइड्रोपावरको विशेषता के हो भने निर्माण कार्य सम्पन्न नभएसम्म जत्ति तनाव र जोखिम महसुस हुन्छ निर्माण कार्य सम्पन्न भए पछि चालु पुँजी कम हुने तथा जोखिम पनि कम नहुने यी कार्कीका यो व्यवसाय रोज्नुको कारण बनेको हो ।
एउटा दिन थियो, दैनिक १७ घण्टा या १८ घण्टा लोडसेडिङ यो लामो समयको लोड सेटिङको समाधान खोज्न आफू पनि लागे । यसको समाधान भनेकै हाइड्रोपावर भएको ठहर गर्दै उनी लागे नयाँ व्यवसायमा । उनका चार हाइड्रोपावरले उत्पादन गरिरहेका छन् । केहीको उत्पादन बजारमा आउँदै छन् ।

उनीहरू जस्तै धेरैले चालेको यो कदमकै कारण नेपालको भविष्य उज्ज्वल बाटोमा गइरहेको उनी देख्छन् ।“ अबको केही समयमा नेपालमा विद्युत् चाहे जत्ति पुग्ने हुन्छ । यस पछि हाम्रो उत्पादन र भारत र बङ्गलादेशमा पनि जान्छ नै । यसले नेपालीको जन जीवनलाई सहज त बनाउने छ नै, साथै नेपालको आर्थिक क्षेत्र पनि नयाँ बाटोमा जाने छ । ”
त्यसो त नेपाली समाजमा एउटा प्रचलन पनि छ । कुनै व्यवसायको लहर चल्ने । अहिले नेपालमा हाइड्रोपावरको व्यवसायको लहर चलेको छ । यसै लहरले अस्वस्थ प्रतिस्पर्धा पनि निम्त्याउने गरेको छ । यस कारण यो व्यवसायमा भित्रने चाहनेलाई उनको आग्रह पनि छ,“ यो धेरै लगानीको व्यवसाय हो । यस कारण व्यवसायमा प्रवेश गर्दा लामो अध्ययन गरेर धेरै बुझेर प्रवेश गर्दा तपाइहरूलाई पनि र पहिले देखि नै यस व्यवसायमा रहनेका लागि राम्रो गर्ने छ ।
अहिले व्यापारको दुनियाँमा युवा पुस्ताको उपस्थिति धेरै देखिन थालेको छ । खासमा व्यपारीक घरानाका युवाहरू अध्ययन पछि आफै व्यापारमा सक्रिय छन् । त्यो पुस्ताका कारण हरेक क्षेत्रमा सृजनात्मक सोच र गुणस्तरीय उत्पादनको सम्भावना उनले देखेका छन् ।
खेलकुदमा समेत परिचित नाम गणेश कार्कीको नेतृत्वमा अहिले राष्ट्रिय गोजुरियो कराँते सङ्घ रहेको छ । औपचारिक रूपमा ०४२ मा राम लामाको प्रशिक्षणमा कराँते खेल्न सुरु गरेका कार्की ब्ल्याक बेल्ट भए पछि अलि बढी व्यवसायमा सक्रिय रहे । पछि सितेरियोबाट गोजुरियोमा प्रवेश गरे पछि उनी नेपाल गोजुरियो कराँते सङ्घका उपाध्यक्ष भएका थिए । विगत केही वर्ष देखि उनी राष्ट्रिय गोजुरियो कराँते सङ्घका अध्यक्ष छन् । म व्यापारमा जत्ति सुकै सफल भए पनि खेलकुदको मोहले छाड्ने कुरै भएन । जीवनका दुई पाटाका बारे उनी भन्छन्, कार्की भन्छन्,“व्यापार मेरो पेसा, खेलकुद मेरो पेसन”

प्रतिक्रिया दिनुहोस्