Logo
Logo

दाहालद्धारा सभामुखमा नयाँ नाम प्रस्ताव, सापकोटा नभए गजुरेल हुन्छ त ?



काठमाण्डौं । नयाँ सभामुख चयनमा निकै सकस भइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सभामुखका लागि नयाँ व्यक्तिको नाम प्रस्ताव गरेका छन् । एकातिर डाक्टर शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिनु र अर्कोतर्फ समामुख पूर्वएमालेलाई की पूर्वमाओवादीलाई भन्नेमा पेचिलो अवस्था भइरहेका वेला दाहालले आफना अर्का विश्वासपात्र हरिबोल गजुरेललाई अघि सारेका हुन् ।

अग्नी सापकोटाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक नभएपछि दाहालले गजुरेललाई प्रस्ताव गरेको स्रोतले वतायो । विहिवार लामै भएको छलफलमा दाहालले भने, सापकोटालाई स्विकार्न नसकिने भए गजुरेललाई अघि सारौ । समामुखमा दाहालले नयाँ नाम अघि सारेपछि ओलीले केही प्रतिकृया नदिएको पनि स्रोतले बतायो ।

उपसभामुख तुम्बाहाफेले राजीनामा नदिएपछि नेकपाका शिर्ष नेताविच निर्णयमा अन्यौलता देखिएको छ । प्रधानमन्त्री ओली आफना विश्वास पात्र सुवास नेम्वाङलाई बनाउने अडानमा छन भने दाहाल सापकोटा नभए गजुरेल दुई मध्ये एक बनाउने अडानमा अडिक छन् । जस्ले गर्दा सभामुख चयन चरम अप्ठारोमा परेको छ । वर्तमान उपसभामुख तुम्बाहाफेको पक्षमा राष्ट्रपति विद्यादेवि भण्डारीको समर्थन रहेको बताइदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको