Logo
Logo

ताइवानमा अतिक्रमण नगर्न चीनलाई चेतावनी



ताइवानकी राष्ट्रपति साइ इंग–वेनले चीनले वास्तविकताको सामना गर्न तथा ताइवानप्रति सम्मान दर्शाउन आवश्यक रहेको बताएकी छन् ।
चीनले ताइवानमाथि बल प्रयोग गरेर भएपनि एकता गर्ने बताइरहेका बेला गत साता भएको निर्वाचनमा उनी भारी मत ल्याएर राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विजयी भएकी हुन् ।
सन् १९४९ मा चीनमाथि कम्युनिष्ट पार्टीले विजयी हासिल गरेपछि चिनियाँ शासक भागेर गई राज्य स्थापना गरेको ताइवानमाथि चीनले दाबी गर्दै आएको छ । चीनले आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यो अधिकार लिने बताउने गरेको छ । राष्ट्रपति साइले ताइवानको सार्वभौमसत्ताबारे कुनै शंका अथवा वार्ता गर्नुपर्ने आवश्यकता नभएको बताइन् । उनले भनिन्, ‘हामीले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक छैन। हामी पहिल्यैदेखि स्वतन्त्र राष्ट्र हौँ र हामी आफूलाई गणतान्त्रिक चीन, ताइवान भन्छौं ।’
निर्वाचनमा कोमिन्ताङ पार्टीका उम्मेदवार तथा एक चीन नीतिका समर्थक मानिने खान ग्यो–यीलाई हराएर इंग विजयी भएकी हुन् । उनको दल चिनियाँ गृहयुद्धमा पराजित राष्ट्रवादीहरूद्वारा गठित पार्टी हो । जसलाई चीनबाट भागेर ताइवान पुगेकाहरूले गठन गरेका थिए ।

बेइजिङले आर्थिक सम्बन्ध निर्माणका लागि ताइवानले चिनियाँ सार्वभौमसत्तालाई स्वीकार्नु पूर्वशर्तको रूपमा रहेकोमा जोड दिँदै आएको छ। राष्ट्रपति वेनले भने चीनले अतिक्रमण गर्न खोजे त्यो महंगो साबित हुने चेतावनी दिएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको