
कजाकस्तान । कजाकस्तानमा विमान दुर्घटना भएको छ । ११० यात्रु बोकेर उडेको विमान दुर्घटना भएको हो । अलमाटी विमानस्थलबाट भएको हो । बिबिसीले जनाएअनुसार अहिलेसम्म ९ यात्रुको मृत्यु भएको पुष्टि भएको छ ।
बाँकी यात्रुको उद्धार भइरहेको पनि बिबिसीले जनाएको छ । टेकअफ गर्ने वित्तिकै टावसँग सम्पर्क विच्छेद भएर विमान दुर्घटना भएको बताईएको छ । विमानमा ९५ यात्रु र ५ जना क्रु मेम्बर थिए । दुर्घटनापछि विमानमा आगलागी भने नभएको बताईएको छ ।
विमान विमानस्थल नजिकै एउटा भवनमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।