
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संस्थाको स्तरोन्नति गर्न वैदेशिक सहायताबारे सकारात्मक छलफल भइरहेको बताएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औँ वार्षिककोत्सवमा मन्त्री डा खतिवडाले थप सहायताका बारेमा छलफल भइरहेकाले कार्यक्षत्र बढाउन आग्रह गरे।
उनले भने, “कार्यक्रम जिल्लाका सबै स्थानीय तहसम्म पुर्याउनुपर्छ ।” उत्पादन भएका साधनलाई सामुहिक रुपमा प्रयोग गरेमात्र देश समृद्ध हुने उनको भनाइ थियो । गरीब जनतामाझ कार्यक्रम पु¥याउने लक्ष्यका साथ काम गर्न मन्त्री डा खतिवडाले विभिन्न संस्थासँग आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव वडालले सहकारी क्षेत्रलाई अझै ब्यापक बनाउनका लागि सहकारी ऐन २०७४ लाई परिमार्जन आवश्यक भएको बताए ।
कृषि क्षेत्रको विकास नभएसम्म सहकारीको विकास र विस्तार गर्न समस्या हुने वडाल बताए । संस्थाका अध्यक्ष खेमबहादुर पाठकले मासुजन्य वस्तुको बिक्री वितरण गर्न सरकारले उपयुक्त बजारको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।