Logo
Logo

विकासको गतिमा प्रगति नयाँ टोल




केही समय अघि विकासको गति लिन नसकेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटार प्रगति नयाँ टोलमा अहिले विकासको गति तीव्र बनेको छ । यसै क्रममा हालै प्रगति नयाँ टोल उपभोक्ता समिति र नगरपालिकाको बराबर रकममा बाटो पिच गर्ने र ढल निर्माण गर्ने काम भएको छ । पछिल्लो ३० महिनामा निर्वाचित जनप्रतिनिधीले जिम्मेवारी सम्हाले पछि यस क्षेत्रले उत्साहजनक फड्को मारेको स्थानीय बासी बताउँछन् ।

वडा अध्यक्ष कुन्दन खड्काको सक्रिय भूमिका रहेको यो निर्माण कार्यमा नगरपालिकाका प्रमुख कृष्ण हरि थापाका समेत उत्साह जनक सहभागिता रहेको थियो । यस क्षेत्रले थप विकास गर्दै जानेमा विश्वस्त रहेको समेत स्थानीय बासी महानन्द गुरागाइ बताउँछन् ।सो क्षेत्रमा अहिले  ढलको पनि व्यवस्था भइसकेको स्थानीय बासी दामोदर पौडेलले जानकारी दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले सिधा कुरा जनतासँगका प्रस्तोता रवी लामिछानेको सम्पुर्ण

काठमाडौं । ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुले भोगचलन गर्दे आएको जमिनको निस्सा