Logo
Logo

कागेश्वरी मनोहरामा चौमासिक समीक्षा



कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको २०७६÷७७ को प्रथम चौमासिक समीक्षा भएको छ । नगरपालिकाका प्रमुख कृष्णहरि थापाको अध्यक्षता तथा प्रशासकीय अधिकृत गिरिराज ज्ञवाली र बालकृष्ण दाहालको उपस्थितिमा आइतबार समीक्षा भएको हो । कार्यक्रममा नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी,प्राथमिक स्वास्थ्य केन्द्र र सहरी स्वास्थ्य केन्द्रमा भएका कामहरूको समीक्षा गरियो ।
कार्यक्रममा प्रशासकीय अधिकृत ज्ञवालीले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै सबै कर्मचारीलाई गम्भीरतापूर्वक काम गर्न निर्देशन दिए । यसै गरी, नगरप्रमुख थापाले स्वास्थ्य कर्मीले सबै जनाको स्वास्थ्य प्रति गम्भीर भएर काम गर्नु पर्ने धारणा राखे ।
स्वास्थ्य शाखाकी सह संयोजक लक्ष्मी कोइरालाले दिएको जानकारी अनुसार वडा अध्यक्ष, वडा सदस्य तथा परिवार नियोजन सङ्घका शरद अर्यालका साथै स्वाथ्यकर्मीहरुको उपस्थिति थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको