Logo
Logo

सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्र



काठमाडौं । विद्युत विकास विभागले ४ सय ५८ मेगावाटका सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ ।

विभागले ५६ निजी कम्पनीलाई अध्ययन अनुमतिपत्र दिएको हो । अनुमतिपत्र लिने बढीमा १ सय २० मेगावाटसम्मको सौर्य विद्युत आयोजना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार ९ मेगावाटभन्दा साना ४३ आयोजनाको अनुमतिपत्र निजी कम्पनीले लिएका छन् । यस्तै, अनुमनिपत्र लिने १० मेगावाट क्षमताका १० आयोजना छन् ।

२० मेगावाट बढीका ३ आयोजनाको अनुमतिपत्र जारी भएको छ । सिजी इनर्जी इन्फ्रास्ट्रक्चर कम्पनीले सबैभन्दा ठूलो १ सय २० मेगावाटको सोलार पिभी आयोजनाको अध्ययन गरिरहेको छ । यही कम्पनीले सुनसरीमा ५० मेगावाट र पर्साको परवानीपुरमा ३० मेगावाटको आयोजनाको पनि अध्ययन गरिरहेको विभागले जनाएको छ ।

२ जलविद्युत आयोजना निर्माण गरेको अपि पावर कम्पनीले १० वटा सौर्य विद्युत आयोजनाको अनुमत्रिपत्र लिएर अध्ययन गरिरहेको छ ।

अपिले निर्माण गर्ने ४ सौर्य विद्युत आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता पिपिए भइसकेको छ । प्योर इनर्जीले बाँकेमा १० मेगावाटका २ आयोजना निर्माण गर्ने भएको छ ।

इको पावर डेभलपमेन्टले पनि धनुषामा १० मेगावाटको मिथिला–२ आयोजना अघि बढाउन अनुमति लिएको छ ।

ओटेक, जीआइ सोलार, स्मार्ट धादिङ, माउन्टेन कैलाश इनर्जी, शुभम पावर,पशुपति इनर्जी, झापा इनर्जी र कान्तिपुर इनर्जीलगायत कम्पनीले सौर्य विद्युत आयोजना निर्माण गर्न अनुतिपत्र लिएर अध्ययन गरिरहेको विभागले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका