Logo
१३ कार्तिक २०७७
(Thursday 29th October 2020)

मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा



काठमाण्डौं । उत्रिएका छन् । कर्मचारीले सात महिना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ लगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

सुरुङ निर्माण कार्यमा मजदूरी गर्नुभएका पूर्णबहादुर लामिछानेले कम्पनीसँग साढे सात महीनाको पारिश्रमिक नपाएको बताए । आफूले मजदूरी गरेको तलब नदिई कम्पनीले ठेक्का रद्द गरेर भागेपछि उनले आफ्नो पसिनाको मूल्य कसरी लिने भन्ने चिन्ता लागेको बताए ।

उनको समूहमा काम गर्ने १२ जनासहित कम्पनीले आयोजनाको काममा लगाएका झण्डै ७०० स्थानीय मजदूरले कम्पनीसँग दुईदेखि आठ महीनासम्मको भुक्तानी लिन बाँकी रहेको छ । परिवारको रोजी रोटी जुटाउन भिरमा झुण्डिएर ज्यान नै माया मारेर गरेको कामको ज्याला नपाएकोमा अर्का मजदूर गुरुप्रसाद दुलाले पनि दुखेसो गरे ।

कम्पनीले साढे पाँच महीनाको तलब नदिई गएको उनको भनाइ छ । मजदूरले आफूहरुको पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाको भएको बताएका छन् । आयोजनाले आफूहरुको पारिश्रमिक नदिई अर्को ठेकेदार छनोट गरेमा आयोजना अघि बढ्न नदिने उनीहरुले चेतावनी दिएका छन् ।

मजदूर मात्र हैन सिएमसीले ठेक्का तोडेर गएपछि आयोजनाको काममा निर्माण सामग्री निर्यात गर्ने आपूर्तिकर्ता पनि मारमा परेका छन् । ठेकेदार कम्पनीले स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ ९ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी० लाई मात्र रु १६ करोड ५० लाख ३८ हजार ५०० भुक्तानी दिन बाँकी रहेको आपूर्तिकर्ता बताउँछन् ।

बाह्र सप्लायर्स तथा भेण्डर्स कम्पनीले ठेकेदारसँग उक्त रकम भुक्तानी लिन बाँकी रहेको सिएमसी पीडित सङ्घर्ष समितिले मेलम्चीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

आफू एक जनाले मात्रै कम्पनीसँग साढे चार करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको गिट्टी बालुवा आपूर्ति गर्दै आएका उत्तरकुमार श्रेष्ठले गुनासो गरे ।

ठेकेदार कम्पनीले ठेक्का छाडेर हिँडेपछि भुक्तानीका विषयमा प्रधानमन्त्री, खानेपानीमन्त्री र आयोजनाको कार्यकारी निर्देशकलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको अर्का आपूर्तिकर्ता राजकुमार भट्टराईले बताए ।

स्थानीय निर्माण सामग्रीका अतिरिक्त आफूले उपलब्ध गराएको डिजेलको रु १२ करोड ८० लाख भुक्तानी लिन बाँकी रहेको विष्णुमणि आचार्यको जिकिर छ । आचार्यका अनुसार रु साढे १६ करोडसहित ठेकेदार कम्पनी सिएमसीले रु एक अर्ब ५० करोड बढी भुक्तानी नगरी इटाली फर्केको हो ।

प्रतिक्रिया दिनुहोस्