Logo
Logo

नियम विपति कांग्रेस नेता रुंगटाको होटल लर्डस दियालोको निर्माण, नियम विपरित नै चारतारेको स्वीकृत लिने चलखेल



वीरगन्ज । ६ महिनाअघि वीरगन्जमा सन्चालनमा आएको डेढ अर्ब लगानीमा निमार्ण भएको होटल लर्डस दियालोको निर्माण नियम विपति भएको पाइएको छ । होटेलको निर्माण स्विकृत नक्साको डिजाइन विपरित आफनै हिसावले निमार्ण गरिएको पाइएको हो । महानगरको प्राविधिक महाशाखाले पनि होटेलको निर्माण मापदण्ड विवरित भएको जनाएको छ ।

महाशाखाका प्रमुख इन्जिनियर राजेशकुमार चौरसियाले होेटल निमार्णमा चरम लापारबाही भएको बताए । होटलका सव इन्जिनियर मयानन्द देव र खेलनन्द झाले गरेको स्थलगत अनुगमनपछि होटेलको डिजाइनमा चरम लापारबाही भएको पाइएको हो । स्विकृत नक्सा र डिजाइन नै फरक छ, उनीहरुको भनाई छ । काँग्रेस पूर्वसांसद समेत रहेका जगदम्बा इन्टरप्राइजेजका सन्चालक अनिल रुंगटा सन्चालक रहेको होटेललाई चार तारेको मान्यता लिन ठुलो चलखेल भइरहेको स्थानीय सन्चारकर्मी बताउँछन् ।

होटेलको निर्माण बेसमेन्टदेखि आठौं तल्लासम्म नक्सा भन्दा निकै फरक तरिकाले निमार्ण गरिएको प्रविधिक टोलीको प्रतिवेदनमा उल्लेख छ । करिब ३ कठ्ठा जग्गामा निर्माण भएको होटेलको विशेष गरि भित्रि भागको संरचनामा आमुल परिर्वतन गरिएको छ ।

पहिलो नक्सामा स्विकृत कुनै पनि संरचना स्थलगत अध्ययनमा नभेटिएको वीरगन्ज महानगरका प्रमुख इन्जिनियर चौरयिाले बताए । मापदण्ड विपरित काम गर्ने जो कोहीलाई कानुन बमोजिम कार्बाही गर्ने उनको भनाई छ । यता, होटेल व्यवस्थापन पक्षले घर नक्सा कार्य सम्पन्नताको प्रमाण पत्र नपाउँदै होटल सन्चालन गरेको छ ।

सम्पनताको प्रमाण पत्र विना होटेल सन्चालन गर्ने सन्चालकलाई कानुनले नछोड्ने प्राविधिकको भनाई छ । होटेलको उत्तर पूर्वमा रहेको १० फिटको सार्वजनिक जग्गालाई अतिक्रमण गरि फलामको पाइप निकालिएको प्रति पनि प्राविधिकहरुले छानविन गर्नुपर्ने बताएका छन् । चारतारे होटेलको मान्यताका लागि कुनै पूर्वाधार नभएपनि राजनीतिक शक्तिको वलमा रंगटा चारतारेको स्विकृतीका लागि दौडधुप गरिहेको स्थानीय होटेल व्यवसायी बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना