Logo
१६ फाल्गुण २०७७
(Sunday 28th February 2021)

अर्बौको लगानीमा छायाँ सेन्टर सुन पनि नुन पनि



काठमाण्डौं । पर्यटकीय गन्तव्य ठमेलमा केही समयअघि सञ्चालनमा आएको छाँया सेन्टर बिबादमा तानिएको छ ।

साढे पाँच अर्ब भन्दा बढी लगानीमा निर्माण भएको सेन्टरका विषयमा स्थानीयले बिरोध गर्न थालेपछि विवादमा तानिएको हो।

गएको पुस १० गते देखि सञ्चालनमा आएको यो सेन्टरमा करिब ३० जना नेपालीको लगानी रहेको छ। छायाँ सेन्टरलाई केही स्थानीयले आक्रमणको निशाना बनाएर बिरोध गर्न थाले पछि संचालकले मंगलबार पत्रकार सम्मेलन गरि धारणा स्पष्ट परेको छ।

ठमेल भित्रको ठमेलका रूपमा आएको ठूलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र बनाउँदै आक्रमण गरिरहेको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए।

सरकारी निकायबाट पुरा गर्नुपर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ आफूहरुले बुझ्न नसकेको पनि श्रेष्ठले बताए।

पर्यटकीय व्यवसायीक गन्तव्यका रुपमा छायाँ सेन्टर सञ्चालनमा ल्याइएको ब्यबस्थापन समूहले बताउदै आएको छ।

‘ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र पारिएको छ । पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइदैछ भन्ने कुरा यस अघिका केही आयोजनामा भएको घटनाक्रमले पुष्टि गर्छ, पत्रकार सम्मेलनमा

प्रतिक्रिया दिनुहोस्