Logo
१७ फाल्गुण २०७७
(Monday 1st March 2021)

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा श्रेष्ठ निर्विरोध चयन



काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा डाउनटाउन हाउजिङ्गका मीनमान श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

संघको ललितपुरमा आयोजित १२ औं साधारण सभाबाट श्रेष्ठ आगामी दुई वर्षका लागि अध्यक्षमा चयन भएका हुन् ।

यसैगरी साधारणसभाबाट ६ जना पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन । ७ सदस्यको पदमा भने ९ जनाको उम्मेदवारी परेपछि मतदान भएको थियो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रोपर्टी डिलर्सका ईच्छाबहादुर वाग्ले, द्वितीय उपाध्यक्षमा एसबी कम्पनीका बिदुर धमला, तृतीय उपाध्यक्षमा सीडी डेभलपर्सका दिपक कुवँर, महासचिवमा वागमती प्रोपर्टी डिलर्सका भेषराज लोहनी र कोषाध्यक्षमा कन्टिनेन्टल डेभलपर्सका पुरुषोत्तम पौड्याल निर्विरोध निर्वाचित भएका छन् ।

कार्य समितिको ७ जना सदस्यका लागि भएको निर्वाचनमा अधिकारी बिल्डर्सका तुलसी प्रसाद अधिकारी, लभ्ली हाउजिङ्गका बहादुरकृष्ण ताम्राकार, युरो हाउजिङ्गका टंकबहादुर श्रेष्ठ, आईएमएस डेभलपर्सका दिपक मलहोत्रा, क्लीन डेभलपर्सका आशिष गर्ग, निलगिरी हाउजिङ्गका गोविन्द प्रसाद लोहनी र सनराईज डेभलपर्सका सुमित कुमार अग्रवाल निर्वाचित भएका छन् ।
साधारण सभाको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष इच्छाराज तामाङले घरजग्गा व्यवसायले देशको आर्थिक हिस्सामा ठूलो टेवा पुयाउँदै आएको भए तापनि राज्यले व्यवसायीहरुलाई उपेक्षित गरेको गुनासो गरे ।

उनले देशमा विगतका अस्थिर सरकारका कारण व्यवसायीहरुले धेरै कठिन परिस्थितिको सामना गर्नु परेकोले अब रियल ईस्टेट उद्योगको प्रबद्र्धनका लागि सबैले एकजुट भए्र कार्य गर्नु पर्ने आवश्यकता औंल्याए ।
त्यसैगरी सभामा संघका संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै नयाँ कार्य समितिले संघमा आबद्ध सबै व्यवसायीहरुको हक हितका लागि अहोरात्र खटेर कार्य गर्नुपर्नेमा जोड दिए ।

साधारण सभामा संघको कार्य समितिका पूर्वपदाधिकारी तथा सदस्यहरु, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरु लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्