Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

त्रिशुली जलविद्युत कम्पनीले शेयर निष्काशन गर्ने



काठमाण्डौं । त्रिशुली जलविद्युत कम्पनीले ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सरकारको जनताको जलविद्युत कार्यक्रम अन्तरगर्त सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

आइपिओ निष्काशनको अनुमति माग्दै कम्पनीले फागुन २९ गते बुधबार धितोपत्र बोर्ड पुगेको थियो। कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

यस अघि नै धितोपत्र बोर्डले जनताको जलविद्युत कार्यक्रमका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधन गरेको छ ।

अब सरकारको लगानीमा बन्ने जलविद्युत परियोजनाहरुमा सर्वसाधारणबाट अग्रिम पूँजी संकलन गर्न सकिनेछ ।

शेयर खरिद गर्न चाहने शेयर मूल्यको १० प्रतिशत रकम भुक्तानी गरेर आबेदन गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्