कोरियाले नेपाली कामदारको कोटामा भारि बृद्धि
काठमाण्डौं । दक्षिण कोरियाले सन् २०१९ का लागि नेपाली कामदारको कोटामा भारि बृद्धि गरेको छ । इपिएस भाषा परिक्षामार्फत नेपाली कामदार लैजादै आएको कोरियाले सन् २०१९ का लागि अहिलेसम्मकै सबैभन्दा बढी १० हजार ५० जना नेपाली कामदारको कोटा निर्धारण गरेको हो ।
आफ्नो मुलुकमा काम गर्ने विदेशी कामदारहरुमध्ये नेपाली कामदार सबैभन्दा मेहनती र इमान्दार भएको भन्दै कोरियाले नेपालीको कोटा बढाएको जनाएको छ । दक्षिण कोरियाले इपिएसमार्फत नेपालसहित १६ मुलुकबाट कामदार भित्र्याउदै आएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार सन् २०१९ का लागि उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा कोरियाले निर्धारण गरेको छ ।