Logo
Logo

हेभिइक्विपमेन्ट व्यवसायी महासंघ नेपालका अध्यक्ष ताराबहादुर कुँवरलाई डेंगु संक्रमण



काठमाण्डौं । हेभिइक्विपमेन्ट व्यवसायी महासंघ नेपालका अध्यक्ष ताराबहादुर कुँवरलाई डेंगु लागेको छ । चक्रपथ सरसफाइ अभियान्ता समेत रहेका कुँवरलाई गत हप्ता शनिवार चक्रपथ सरसफाइ अभियानको ११४ औं हप्ताको अभियान समापन गरेर घर फर्किए लगत्तै ज्वरो आएको थियो ।

डेंगुको आशंकाले अस्पताल पुगेर चेक गराउँदा डेंगु संक्रमण पत्ता लागेको परिवारका सदस्यले बताए । सिटामोल, पानी जुस पिएर अध्यक्ष कुँवर घरमा आराम गरिरहेका छन् । उपचारका अन्य उपाय पनि रहेकाले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको कुँवरले बताए ।

चक्रपथ सरसफाइका क्रममा डेंगु लागेको हुन सक्ने उनले बताए । आउँदो कार्तिक अन्तिम साता महासंघको साधारण सभासहित नयाँ नेतृत्व चयन हुन लागेका बेला कुवँरलाई डेंगु आक्रमण भएपछि हेभिइक्विपमेन्ट व्यवसायी महासंघ नेपालको साधारण सभाको तयारी सुस्ताएको छ ।

पछिल्लो सर्वसाधारणका साथै मन्त्री, ठुला नेता, व्यवसायीलाई समेत डेंगुले आक्रमण गर्न थालेपछि सवैतिर त्रास बढेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको