Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

स्पर्श लघुवित्तको आईपिओ निष्काशन बन्द



काठमाण्डौं । स्पर्श लघुवित्तको आईपिओमा सिआस्वाबाट मात्र ८३ करोड २७ लाख ६३ हजार रुपैंयाको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले उपलब्ध गराएको प्रारम्भिक तथ्यांक अनुसार लघुवित्तको आईपिओमा सर्वसाधारणले ३३, ०४ गुणा बढी आवेदन भरेका हुन् ।

कागजी प्रणालीबाट परेका आवेदनको तथ्यांक संकलन भईनसकेका कारण यो तथ्यांकमा अझै परिमार्जन हुन सक्ने सानिमा क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार बुधबार साँझसम्ममा ३ लाख ३ हजार ४४ जना आवेदकबाट ८३ करोड २७ लाख ६३ हजार रुपैंयाको आवेदन परेको हो । औसतमा हेर्दा एक आवेदकले लघुवित्तको २७।४७ कित्ता शेयर माग गरेको देखिन्छ ।

उल्लेखित तथ्यांकका आधारमा हेर्दा पनि ८ प्रतिशत आवेदकले मात्र लघुवित्तको शेयर पाउने छन् भने ९२ प्रतिशतको हात खाली हुने देखिन्छ । आस्वाबाट परेको आवेदन समेत समायोजन भए पछि लघुवित्तको शेयर पाउनेको हिस्सा अझै घटेर नपाउनेको हिस्सा अझै बढ्ने देखिन्छ ।

लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसधारणहरुबाट दुई लाख ५२ हजार कित्ता शेयरमा आवेदन माग गरेको थियो ।

कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ हजार १४८ कित्ता ९०, ५ प्रतिशत० लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ ९५ प्रतिशत० छुट्टाएको छ ।

प्रतिक्रिया दिनुहोस्