Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

‘सरकार सुरक्षा देउ, नत्र व्यवसायीका माग पुरा गर’



काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा गराइएको बम विष्फोटमा मेनपावर व्यवसायीले घोर भत्र्सना गर्दै सरकारसँग सुरक्षाको माग राखेका छन् । व्यवसायी संघले आकस्मिक व्यवसायी भेला आयोजना गरेर घटनाको निन्दा गर्दै समग्र वैदेशिक रोजगार व्यवसायीहरु माथिको प्रहार भएको ठहर गरेको छ ।

विप्लब समूहको युवा संगठन नेपालले एक हस्तलिखित विज्ञप्ती निकाल्दै घटनाको जिम्मेवारी लिइसकेको छ । संघका अध्यक्ष गुरुङले विप्लब समूहको युवा संगठन नेपालको चार महिना अगाडि आफ्नो लेटरहेडमा आर्थिक सहायताका लागि संघको कार्यालयमा पत्र आएको तर व्यवसायीहरु आफैंमा संकटमा परेका कारण चाहेर पनि सहयोग गर्न नसकिने भनेर फर्काएको जानकारी दिए ।

‘उनीहरुको समूहसँग राम्रोसँग भद्र कुराकानी गरियो, व्यवसायी आफैमा संकटमा रहेकाले सहयोग गर्न नसक्ने बताएपछि केही दिनमा फोन गरेर पत्र फिर्ता लगे उनले भने । तर जवरजस्ती यति पैसा चाहिन्छ भनेर डिमाण्ड थिएन, उल्टो व्यवसायीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।’

उनले व्यवसायी भेलालाई संवोधन गर्दै भने–‘एकाएक जिम्मेवारी सहित सोही समूहले विज्ञप्ती निकाल्दा आफु घर विस्फोट भएको दिनभन्दा बढि स्तब्ध भएको छु ।’

यस्तो अराजक समूहलाई सरकारले समाप्त गर्न वा वार्ता गरेर समाधान गर्न जोडदार माग अध्यक्ष गुरुङले राखे । उनले उल्टो प्रश्न गर्दै भने–‘हामीले इजाजतपत्र लिएर कानूनी तवरबाट नेपाली कामदार पठाउँदा कसरी मानव तस्करी भयो हामीले पठाएको कामदारको जिम्मेवारी हामी लिन्छौ तर जतिसुकै गरेपनि १० हजारमा पठाउन चै सक्दैनौ ।’

सरकारले सहीढंगले नीतिनियम नबनाइदिदा व्यवसायी माथि विभिन्न आरोप लाग्ने गरेको औल्याउँदै अध्यक्ष गुरुङले भने–‘ यही मौकामा व्यवसायीहरुका मागलाई सरकार समक्ष पु¥याइ समाधान गर्नुपर्छ र यो व्यवसायलाई पारदर्शी बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्