Logo
Logo

मलेसियामा अलपत्र २३ जना नेपालीको उद्धार



मलेसिया । मलेसियामा अलपत्र परेका २३ जना नेपालीलाई उद्धार गरिएको छ । सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ।

हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने वास्तविकतालाई दृष्टिगत गरी दूतावासले हवाई टिकट उपलब्ध गराएर यथाशीघ्र उद्धार गर्दै आएको छ। उक्त दूतावासले आज एक विज्ञप्ति जारी गरी अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी राख्ने बताएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युवा व्यवसायी राजकुमार बराल । भर्खर ३१ बर्से उमेर दौडँदै रहेका यी युवामा रहेको