Logo
(Friday 20th May 2022)

वोगटान सडक कालोपत्रेको सिलान्याससँगै सडकमा डबलकटिङ



डोटी ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जिल्लाकोे सबै भन्दा पुरानोको काम सुरु भएको छ ।

सो सडक खण्डको कैलालीको सहजपुरबाट डबलकटिङको काम सुरु भएको सोयल टेस्ट कनसल्टेन्सिका ईन्जिनियर राजकुमार पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पिच गर्नकालागि ९ मिटर चौडा सडक आवस्यक पर्ने भएकाले हामीले अहिले डबलकटिङको कार्य सुरु गरेका छौँ ।”

डबलकटिङ गर्दा अधिकाँस स्थानियका घर,खेतवारी तथा जमिनमा लगाएको बाली नोक्सानी हुन थालेकाले कामगर्नमा केहि समस्या उत्पन्न भएको ईन्जिनियर पोख्रेलले जानकारी दिनुभयो ।

“डबलकटिङ गर्दा चुरे गाउँपालिकाका केही स्थानियका घर खेत जानथालेकाले मुअब्जा माग्दा समस्या उत्पन्न भएको छ”, उहाँले थपभन्नुभयो, “स्थानिय जनप्रतिनिधी सहित हामी बसेर छलफल गरी समस्या समाधान गर्न खोजिरहेका छौँ ।” ४ वर्ष पहिले भएको सर्वे अनुसार नै अहिले उक्त क्षेत्रमा डबलकटिङ गर्दा घरवारी तथा खेती लगायका जमिन मासिन थालेको बोगटान गाउँपालिका बिपिनगर १ का स्थानिय रोजबहादुर कलेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्