Logo
Logo

लघुवित्त बैसर्कको आज निर्वाचन हुँदै, शर्मा र लम्साल चुनावी मैदानमा



 

काठमाण्डौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतको छाता संगठन लघुवित्त बैसर्कको आज निर्वाचन हुँदैछ । संघको नेतृत्वका लागि दुई लघुवित्त वैकर्स चुनावी मैदानमा छन् । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्साल चुनावी मैदानमा उत्रिएका छन् ।

शर्मा हाल उपाध्यक्ष हुन् । लम्साल महासचिव छन् । शर्मा अघिल्लो अधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए । संस्थाको उपाध्यक्षमा फस्ट माइक्रोफाइनान्सका सीईओ भेषबहादुर पन्थीले उम्मेद्धारी घोषणा गरेका छन् ।

यसैगरी महासचिवमा नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र डेप्रोक्स लघुवित्तका सिईओ अमरराज खड्काले उम्मेद्धवारी घोषणा गरेका छन् । सचिवमा मेरो माइक्रोफाइनान्सका सिईओ रामहरी दाहालले उम्मेद्धवारी दिने बताए ।

दाहाल हाल संघको कोषाध्यक्ष हुन् । सदस्यहरुमा कालिका लघुवित्तका सिईयो मिनबहादुर बोहरा, जनउत्थान लघुवित्तका सिईयो श्रीराम प्रोख्रेल, उन्नती माइक्रोफाइनान्सका सिईओ प्रेम पाठक चुनावी मैदानमा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित उपाध्यक्षमा धनेश्वरी प्रजापति नियुक्त भएकी छिन्