Logo
(Friday 20th May 2022)

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ



सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको सुन ३ सयले बढेर ५९ हजार ३सय रुपैयाँमा कारोबार भएको जनाएको छ।

यो फाइन सुनको मूल्य हो। स्टान्डर्ड सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ।

अघिल्लो दिन प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार ७ सय ८० पुगेको हो।

प्रतिक्रिया दिनुहोस्