Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

सुदनको उम्मेदवारीले युवामा उत्साह



गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)का वर्तमान युवा संयोजक सुदन थापाले युवाहरूको पक्षमा धेरै काम गरेका कारण कोषाध्यक्ष पदमा पनि आफ्नो अनुकूल वातावरण हुने कुरा जनाएका छन् । उनले संस्थाका लागि निरन्तर लागिरहने र नेपाल र प्रवासमा रहेका नेपालीका लागि सकारात्मक उद्देश्यका लागि लागिरहने जनाएका छन् ।
खेलकुदमा समेत उत्तिकै सक्रिय सुदन जापान भन्दा बाहेक अन्य क्षेत्रमा पनि उत्तिकै लोकप्रिय छन् । सन् २००८ म जापान कार्यसमितिका सदस्य रहेका उनी यस जिम्मेवारीमा दुई कार्यकाल रहेका थिए । त्यस पछि एनआरएनए आइसिसी युवा प्रतिनिधि,गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानको कार्यसमिति उपाध्यक्ष तथा कार्यसमितिको अध्यक्षको जिम्मेवारी पुरा अहिले एनआरएनए युवा संयोजकको रूपमा काम गरिरहेका छन् ।


सामाजिक काममा त्यत्तिकै सक्रिय रहेका थापाले एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्ष रहँदा ५ करोड येनको आपत्कालीन राहत कोष स्थापना गरेका थिए । धेरै पटक फेस्टिभल संयोजक रहेका उनले नेपालमा भूकम्प गएको समय पछि जापानीको सहयोग प्रति धन्यवाद ज्ञापन गर्न ५० भन्दा बढी स्थानमा ‘ थ्यांकयु जापान ’को बोर्ड राखेका थिए । यस पछि जापानीहरूको नेपाल प्रतिको सद्भाव अझ बढेको थियो । जापानको कुमामोतोमा भूकम्प गए पछि उनकै नेतृत्वमा नेपाली स्वयंसेवक परिचालन भएको थियो । एनआरएनए स्पोर्ट्स एकेडेमीको स्थापनमा उनको भूमिका त्यत्तिकै महत्त्वपूर्ण रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्