Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

मारुती सुजुकीले नयाँ २०१९ इग्निस भारतीय बजारमा लन्च



मारुती सुजुकीले नयाँ २०१९ इग्निस भारतीय बजारमा लन्च गरेको छ । यसको मूल्य ४ लाख ७९ हजार भारु मात्र तोकिएको छ ।

नयाँ इग्निसमा रिभर्स पार्किङ क्यामेरा, सिटबेल्ट रिमाइन्टर, हाई स्पिड अलर्ट, को–ड्राइभर सिटबेल्ट रिमाइन्डर आदि फिचर उपलब्ध छ ।

मारुती सुजुकीले इग्निसमा १, २ लिटरको भीभीटी पेट्रोल इन्जिन उपलब्ध गराएको छ, जसले ८२ पीएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध छ । सो कारले २०, ८९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

मारुती सुजुकी इग्निस प्रिमियम इन्ट्री लेभलको ह्याचब्याक हो । सबैभन्दा पहिले २०१६ अटो एक्स्पोमा यसलाई सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्