
नेपालमा थप तीन विदेशी एयरलाइन्सले उडान सेवा सुरु गर्ने भएका छन् । काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न उनीहरूले प्रक्रिया सुरु गरेका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसरी प्रक्रिया सुरु गर्ने भारतका दुई र नेपालका एउटा एयरलाइन्स रहेका छन् ।
भारतको सपाइस जेटले कात्तिकदेखि काठमाडौँमा उडान सुरु गर्ने छ भने बिस्तारा एयरलाइन्सले पनि उडान सुरु गर्ने भएको छ । यसै गरी कुवेतको जजीरा एयरवेजले पनि नेपालमा उडान गर्ने भएको छ । अहिले नेपालमा २३ विदेशी एयरलाइन्सले विमान उडाइरहेका छन् ।