Logo
११ असोज २०७७
(Sunday 27th September 2020)

एसियाली च्याम्पियनसिपमा पदक जिते पछि उत्साहित भगवती



भारतमा भएको एसियाली साम्बो च्याम्पियनसिपमा कांस्य पदक जिते पछि भगवती माझीले आफू थप उत्साहित भएको बताएकी छिन् । कुराकानीको क्रममा भगवतीले पूर्ण रूपमा मार्सल आर्टीस्टको रूपमा सक्रिय रहने सोचलाई यो सफलताले थप सहयोग गरेको बताएकी छिन् । एसियाली बिच खेलकुदकी कांस्य पदक विजेताको रूपमा नेपाली खेलकुदमा परिचय बनाएकी भगवती विगत आधा दशक भन्दा बढी समय देखि मार्सल आर्टको विभिन्न विधामै उत्तिकै सफलता पाउँदै आएकी छिन् ।
रामेछापकी २६ वर्षीय माझी कुराँस र साम्बो दुवै खेलको राष्ट्रिय खेलाडी हुन् । अझ अफीसीयल एसियाली तहको खेलमा दुई भिन्न खेलबाट सहभागिता जनाउने उनी सम्भवतः नेपालको पहिलो व्यक्ति हुन् । हाल विभिन्न क्लब र विद्यालयमा मार्सल आर्ट सम्बन्धी फिटनेस प्रशिक्षणमा संलग्न उनी मिक्स मार्सल आर्टलाई समेत व्यवसायको रूपमा अगाडी बढाउन सफल भएकी छन् ।

कुराकानीकै क्रममा भगवतीले स्पोर्ट्स इभेन्ट भए पनि उनी आबद्ध खेल कुराँस र साम्बो दुवै स्कीलबेस मात्र नभई पावर बेस खेल भएका कारण शारीरिक तन्दुरुस्तीलाई ध्यान दिन आफू सचेत रहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्