
समग्रमा बाल्यावस्थाबाट किशोरवस्था प्रवेश गर्ने कम्तीमा २५ प्रतिशत व्यक्तिले आंशिक वा पूर्ण मात्रामा समलैंगिक व्यवहार गरेको पाइए पनि एक अध्ययनअनुसार करिब ४ प्रतिशत पुरुष तथा २ प्रतिशत महिलामा किशोरावस्था पछि पनि समलैंगिकताको समस्या कायम रहन्छ ।
कतिपय समलिंगीले भने समलैंिगकतासँगै विपरितलिंगीसँग पनि सम्बन्ध सुचारु राखिरहेका हुन्छन् । कतिपयलाई भने आफ्नो यस्तो व्यवहार समलैंिगकता हो भन्ने पनि हेक्का हुँदैन । बन्द समाज, संकुचित व्यवहार तथा अपहेलनाको डरले कतिपय समलिंगीले आफ्नो वास्तविकता वताउँन चाहँदैनन।
कसैले चाहेर समलिंगी बन्ने भन्दा समलिंगीको समस्या वंशाणुगत परिवर्तनले हुने विश्वास गरिएको छ । परम्परागत सोच भएको समाजले यसलाई यौन विकृतिका रूपमा लिए पनि, समलिंगी हुनुको कारण दैविक पनि भएकाले अहिले यसलाई प्राकृतिक नै मानिएको छ ।
खासमा यो कुनै मनोरोग होइन बाल्यावस्थाबाट किशोरावस्था प्रवेश गर्ने बेलामा अन्य क्रियाकलाप झैं पृथक खालको यौन क्रियाकलाप अपनाउने चाहना हुन्छ । जुन आंशिक रूपमा पछिसम्म रहन्छ ।
समलिंगीहरूमा कतिपय यौन समस्याका साथै सामाजिक समस्या देखापर्न सक्छ । बाध्यता वश पुरुष समलिंगीको विवाह कुनै महिलासँग भए कालान्तरमा यौन सम्बन्ध सुमधुर हुँदैन, जुन विस्तारै सार्वजनिक हुनसक्छ । देशमा समलैंिगक सम्बन्धलाई मान्यता पनि आवश्यक हुन्छ । त्यस्तो मान्यता भएको देशमा समलिंगी विवाहपश्चात् यौन सम्बन्ध राम्रो भए पनि निकै सामाजिक अड्चनहरू खेप्नुपर्ने हुनसक्छ । विवाहपछि पनि समलिंगीसँगै विपरित लिंगी सम्बन्ध कायम राख्नेहरूमा भने खासै समस्या देखिँदैन ।