Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

नेपालको आफ्नो भू–उपग्रह वैशाख ४ गते



पहिलो पटक नेपालले आफ्नो भू–उपग्रह वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण गर्ने भएको छ । स्याट–१ नाम दिइएको भू–उपग्रह नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले जापानको क्युटेक विश्वविद्यालयसग सहकार्य गरी निर्माण गरेको हो ।

उपग्रह निर्माण नेपालका इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के गरेको हुन् । यो नेपालका लागि निकै खुशीको उपल्व्धी भएको विज्ञहरु वताउँछन् ।

प्रतिक्रिया दिनुहोस्