Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)



नोकियाको नयाँ स्मार्टफोन नोकिया नाइन अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोन बन्ने देखिएको छ ।

नोकियाको फोनबाट फोटो खिच्दा पछाडिको भागमा रहने ५ वटा मुख्य क्यामराले एकसाथ फोटो खिच्नेछ र ति सबै क्यामराले कैद गरेका फोटो एकत्रित गरेर पूर्ण तस्वीर तयार हुनेछ ।

यसले स्मार्टफोन क्यामराबाट हुने अहिलेसम्मकै उत्कृष्ट गुणस्तरको तस्वीर तयार हुनेछ ।

एकसाथ ५ वटा क्यामरामा कैद गरेको तस्वीरलाई एकत्रित गर्दा सुक्ष्म तथा बिहंगम दृश्ययुक्त तस्वीर तयार हुन्छ ।

जसलाई यसको ओरिजिनल अवस्थामा असर नपर्नेगरी अधिकतम रुपमा सम्पादन गर्न समेत सहज हुने नोकियाले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्