Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

को हुन यत्ति शक्तिशाली प्रधान ? “जोसँग सुरक्षा संयन्त्र नै डराउँछ”



हेटौंडा । कालोबजारीमा पक्राउ पूर्जी जारी भएपछि फरार भएका भद्रकाली आयल स्टोरका सञ्चालक यशु प्रधान चोरीको गाडीसहित हेटौडाबाट पक्राउ परेका छन् । केही समय पहिले उनको पेट्रोल पम्पलाई बजार अनुगमन टोलीले कालोबजारी गरेको भन्दै शिलबन्दी गरेको थियो । यसअघि पनि कालोबजारी गरेको आरोपमा तत्कालिन महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल वर्तमान आइजीपीले पक्राउ गरी जेल पठाएका थिए ।

उनै प्रधान पक्राउ पूर्जी जारी भएपछि काठमाडौंबाट भागेर हेटौंडा आइपुगेका थिए । उनलाई बा १ ग ७१०९ नम्बरको गाडीसहित हेटौंडा प्रहरीले नियन्त्रण लिएको बुझिएको छ । त्यसो त, ओम्याक्स चलचित्र मन्दिरको विवादास्पद जग्गा खरिद गरेका नेपाली सेनाका पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री र कालोबजारी गर्ने तिर्थ प्रधानले उक्त जग्गामा मिलेर विशाल होटल बनाउने तयारी गरेको स्रोतको दाबी छ ।

तिर्थ प्रधान यशु प्रधानका बाबु हुन् । मकवानपुर ४ स्थित रहेको ओम्याक्स चलचित्र मन्दिरमा भएको आगोलागी प्रकरणपछि विमा गरेर रकम दावी गरेको भन्दै विवाद चलिरहेको छ । विमा कम्पनीले गलत दाबी भन्दै रकम दिन नमानेता पनि प्रधानले भने दिन विभिन्न माध्यामबाट दबाब दिइरहेको बताइएको छ । विश्व सम्पदा सूचीकृत स्वयम्भुनाथ क्षेत्रमा रहेको हामा आयल पेट्रोेल पम्प पनि नियम विपरित सञ्चालन भइरहेको छ ।

४४ हजार भोल्ट ट्रान्समिशनसँगै अर्थात १० मिटर मुनि पेट्रोल पम्प सञ्चालन भइरहेको छ । नियमले कम्तिमा पनि ५ सय मिटर वरिपरि पेट्रोल पम्प राख्न मिल्दैन । विगतमा स्थानियले पेट्रोल पम्प हटाउन माग गर्दै मुद्दा हाले पनि सवैलाई प्रभावमा पारी प्रधानले मुद्दा मिलाएका थिए । पावर सेन्टरलाई प्रयोग गर्न माहिर प्रधानका यस्ता थुप्रै कर्तुत छन् ।

प्रतिक्रिया दिनुहोस्