Logo
Logo

किन हार्छन् राष्ट्रिय टोलीका धेरै खेलाडी



आगामी १३ औ दक्षिण एसियाली खेलकुदका लागि भएको कराँते छनोटमा तत्कालीन राष्ट्रिय टोलीमा रहेका थुप्रै खेलाडी पराजित भए पछि राष्ट्रिय टोलीको प्रशिक्षणको स्तर माथि नै प्रश्न चिन्ह खडा भएको छ । वर्षको सुरुवातमा दाङमा भएको राष्ट्रिय खेलकुदबाट च्याम्पियन भएका आधा दर्जन भन्दा बढी खेलाडी पराजित भए पछि यो चर्चा बढेको हो ।
महिलाको ४५ किलो तौल समूहमा जिया खड्गी तौलका कारण अयोग्य भए पछि कुसुम खड्का राष्ट्रिय टोलीमा प्रवेश गरेकी हुन् । ५० किलोमा अनु अधिकारीले मिस्ली श्रेष्ठलाई हराउँदै राष्ट्रिय टोलीमा पुनरागमन गरेकी हुन् । ५५ किलोमा अस्मिता राई अयोग्य घोषित हुँदा मनीषा चौधरी पहिलो भइन् । ६१ किलोमा एस्टर राईलाई हराउँदै अनु गुरुङ राष्ट्रिय टोलीमा प्रवेश गरेकी हुन् । ६७ किलाृमा शनि तामाङ पराजित भइन् । सो प्रतिस्पर्धा सुनिता महर्जन पहिलो भएकी हुन् । यसै गरी पुरुष टिम कातामा नेपाल आर्मी क्लब पराजित भयो । ५५ किलोमा विजय श्रेष्ठ पराजित भए भने लक्ष्मण तामाङ पहिलो भए ।
श्रोतका अनुसार करातेमा राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा एक दर्जन भन्दा बढी प्रशिक्षक रहेका छन् । व्यवस्थापक सहित कुल २३ जनाले यस बापतको सुविधा लिएको जनाइन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको