Logo
Logo

शनिवारदेखि प्रतिलिटर दूधको मूल्य ६ रुपैयाँ बढि तिर्नुपर्ने



काठमाण्डौं । शनिवारदेखि प्रतिलिटर दूधको मूल्य ६ रुपैयाँ बढि तिर्नुपर्ने भएको छ । शनिवारदेखि लागु हुने गरी किसानले बिक्रि गर्ने दूधको मूल्यमा ६ रुपैयाँ बृद्धि भएको हो ।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले दूधको मुल्य बृद्धि भएको बताए । दुधको मुल्य बृद्धि गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले कार्यदल नै गठन गरेको थियो ।

सोही प्रतिवेदनको आधारमा कृषि मन्त्रालयले दूधको मूल्य वृद्धि गरेको हो । दूधको प्रतिलिटर मूल्यमा ६ रुपैयाँ बढेपनि ७९ प्रतिशत प्रत्यक्ष रुपमा दुग्ध किसानले पाउने र ३१ प्रतिशत डेरी तथा उद्योगले नै पाउँछन् । कृषिमन्त्री चक्रपाणि खनाल पनि दूधको मूल्यवृद्धि गर्ने पक्षमा नै थिए ।

गत साउन २९ गते दूधको मूल्य निर्धारण गर्न दुग्ध विकास बोर्डको अध्यक्षमा बाबुकाजी पन्तको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको