Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

गृहमन्त्री वादलले भने, ‘घाईते भएका सवैको उपचार सरकारले गर्छ’



काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापा वादलले बम विष्फोटमा परि घाईते भएकाहरुको सरकारले निशुल्क उपचार गर्ने वताएका छन् । बम विस्फोटको घटनामा परि घाइते भएकाहरुको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा वादल मेडिसिटी अस्पताल पुगेर यस्तो बताएका हुन् । अस्पतालमा घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याइ छाड्ने समेत बताए । अस्पतालमा उनले घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेटेका हुन् ।

मन्त्री थापाले यस्ता घटना नख्खुमा मात्र नभइ देशभर नै भएको बताउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । हामी कडाइपूर्वक छानबिन गर्छौं र दोषीलाई कानुनको कठघरामा ल्याउँछौं ।’ उनले सरकारले घाइतेको निःशुल्क उपचार गरिदिने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने पनि बताए । सरकारले यी सवै घट्नामा विप्लव नेतृत्वको नेकपाप्रति आशंका गरेको छ ।

गएराति ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि बम बिस्फोट हुँदा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्