Logo
Logo

अन्तराष्ट्रियस्तरको नाथम टिचिङ होटेलको निमार्ण कार्य अन्तिम चरणमा, मन्त्री भट्टराईद्धारा निरिक्षण, यस्तो बन्दै छ नाथम टिचिङ होटेल



काठमाण्डौं । पछिल्ले समय काठमाण्डौंमा ठुला लगानीमा होटेलहरु निमार्ण भइरहेका छन् । काठमाण्डौंको रविभवनमा निमार्णाधिन अन्तराष्ट्रियस्तरको नाथम टिचिङ होटेल पनि निमार्ण कार्यको अन्तिम चरणमा पुगेको छ । यसैबिच निमार्णाधिन नाथम टिचिङ होटेलको संस्कृती, पयर्टन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निरिक्षण गरेका छन् । निमार्णाधिन होटल निरिक्षणपछि मन्त्री भट्टराईले होटेलको गुणस्तरियतामा संझौता नगर्न होटल व्यवस्थापनलाई निर्देशन दिए ।

नाथक टिचिङ कलेजका प्रिन्सिपल दुर्गादत्त ढकालसहित होटेल निरिक्षण गर्न पुगेका उनले भ्रमण वर्षअघि नै काम सम्पन्न गर्न समेत निर्देशन दिए । प्रिन्सिपल ढकालले पनि होटेल भ्रमण वर्षमा सञ्चालन आउने बताए । ढकालले पनि होटेल लगानीकर्तालाई सोही अनुसारको निर्देशन दिएको बताए ।

सो अवसरमा होटेल सञ्चालक चिरञ्जिवी थापाले भ्रमण वर्ष २०२० मा नाथम टिचिङं होटेलले विदेशी पर्यटकलाई स्वागत गर्ने बताए । त्यसका लागि आफु प्रतिवद्ध रहेको उनको भनाई थियो । होटेल सञ्चालक थापाले चाँडै नै होटेललाई पाँच तारेमा विकास गर्ने सोच रहेको पनि जानकारी दिए ।

८ रोपनी क्षेत्रफलमा निमार्णाधिन नाथम टिचिङ होटेलको १०३ वेडरुम हुनेछ । स्विमिङ पुलसहितको सुविधा सम्पन्न होटेलमा ५ ब्याङकुट, ३ रेष्टुरेन्ट, २ बार, सभा हल, स्पा लगायतको सुविधा हुनेछ । गैर आवासीय नेपाल संघ एनआरएनए थापाको लगानीमा निमार्ण भइरहेको होटेलको व्यवस्थापन नेपाली कै हुनेछ । निमार्णको अन्तिम तयारीमा रहेको होटेलको काम करिब ८० प्रतिशत भन्दा बढि सकिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा बाल्यकाल, भारतमा युवा अवस्था र जापानमा व्यवस्थापकीय क्षेत्रमा लामो अनुभव । यसैका आधारमा