
काठमाण्डौं । भारत नेपाल सनातन हिन्दु एकता परिषद् नारी मोर्चाको केन्द्रिय संयोजकमा आरोही राणा नियुक्त भएकी छन् । भारत नेपाल सनातन हिन्दु एकता परिषद्ले राणालाई सर्वसम्मत महिला संयोजकमा नियुक्त गरेको हो ।
लामो समयदेखि नेपाल पुनः हिन्दु राज्य बन्नुपर्छ भन्ने अभियान्ता मध्येकी एक सक्रिय महिला आरोही राणालाई भारत नेपाल सनातन हिन्दु एकता परिषद् नारी मोर्चाको केन्द्रिय संयोजकमा नियुक्त गरिएको हो ।
भारत नेपाल सनातन हिन्दु एकता परिषद् धार्मिक संस्था हो । नेपालको धर्म संस्कृतीलाई जगेर्ना गर्ने उदेश्यले भारत नेपाल सनातन हिन्दु एकता परिषद् गठन गरिएको हो । साथै राणा भष्टचारविरुद्धको अभियान्ता पनि हुन् ।