Logo
Logo

डा. बाबुराम भट्टराईले लगाए पहिलोपल्ट दौरा सुरुवाल



काठमाडौं । लामो समयदेखि नेपाली परम्परा र संस्कृति विरोधीको आरोप खेप्दै आएका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बुराम भट्टराईले अचानक दौरा सुरुवालसहितको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।


फोटो पोस्ट गरे लगत्तै उनलाई आलोचना र गाली गर्नेको संख्या हजारौं नाघेको छ। सामाजिक सञ्जालमा निकै सक्रिय डा.भट्टराईले जनताको प्रतिक्रिया बुझ्न भन्दा पनि खस आर्य समुदायप्रति सम्मान र सद्भाव देखाउन दौरा सुरुवाल लगाएको उनले आफ्नो फेसबुक स्टाटसमै उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘देश अनुसारको भेष जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो’ रोचक पक्ष त के हो भने, डा.भट्टराईले पहिलो पटक दौरा सुरुवाल लगाएका हुन् । सामाजिक सञ्जालमा उनले दौरा सुरुवाल लगाएकोमा भन्दा पनि अधिकांश फेसबुक प्रयोगकर्ताले टोपी दिवसको अवसरमा गरेको टिप्पणीलाई लिएर पुनरावृत्ति गराएका छन् ।

विवश घिमिरे नाम गरेका एकजना फेसबुक प्रयोगकर्ताले भट्टराईको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘हामीले डा.भट्टराईलाई औपचारिक राष्ट्रिय पोशाकको माग गर्दै ज्ञापनपत्र बुझाउदा उहाँले हास्दै भन्नू भाको थियो मलाई यो अभियान बिरोधि हो भनेर बजारमा प्रचारप्रसार गरिएको छ तर म यो अभियान बिरोधि हैन । हिजो मेरो बुबाले पनि दौरासुरुवाल लगाउनु भएको थियो मलाई लगाउन केही समस्या छैन र छिट्टै लगाउछु भन्नू भाको थियो र आज पहिलोपटक उहाँलाई दौरासुरुवालमा देख्न पाइयो । धन्यवाद पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ।’

के दोरा सुरुवाल र गुन्युचोलीलाई राष्ट्रिय पोशाक बनाउने अभियानमा लागेको भनेका ती व्यक्तिकै आग्रहमा भट्टराईले दौरा सुरुवाल लगाएका थिए त रु डा.भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार डा. भट्टराईको साथमा यस्ता थुप्रै पहिरन घरमै छन् । हरेक जातजाति र भाषाभाषीका पहिरन र संस्कृति झल्कने चिज डा. भट्टराईले घरमै राखेका छन् । जुन आवस्यकता अनुसार लगाउने गरेका छन् ।

‘नेपाल विविध संस्कृति र भाषा सहितको देश हो । हरेक जात जाति र भाषाको आफ्नै महत्व र विशेषता छ,’ भट्टराईका सहयोगी रोशनले भने, ‘हामीले यो खस समुदायमा आउँदा यहीँको पहिरन र संस्कृतिलाई महत्व दिएका हौँ ।’

पोखरेलका अनुसार भट्टराईले खस वाहुल्य समाजमा पुगेर दौरा सुरुवाल नै लगाउने भनी काठमाडौंमै तय गरिसकेका थिए । सोही अनुसार उनले यो पहिरन साथमै लिएर गएका थिए । नयाँ शक्तिको पार्टी अभियानको क्रममा भट्टराई आफ्ना कार्यकर्ताको साथ जाजरकोटमा छन् ।

जहाँबाट उनले फेसबुकमा दौरा सुरुवालको फोटो पोस्ट गरेका थिए । रुकुमबाट आज बिहान मात्रै उनीहरुको टोली जाजरकोट पुगेको हो । जुन कार्यक्रम यही फागुन १५ गते बैतडीको झुलाघाटमा पुगेर समापन हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको