Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

राजधानी हेटौंडाबाट बाहिर जादैन



हेटौंडा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी हेटौंडाबाट बाहिर नजाने स्पष्ट पारेका छन् । हेटौंडास्थित रेडियो थाहा सञ्चारको ११ औं वार्षिकोत्सवमा मंगलबार बोल्दै पौडेलले केही दिनमै स्थायी राजधानी टुङ्गो लाग्ने बताए ।


‘राजधानी टिकाउनकै लागि केही ढिलाइ भएको हो, केही दिनमै राजधानीको टुङ्गो लागेको समाचार यहाँहरुले पाउनुहुनेछ’, पौडेलले भने ।

स्थायी राजधानी एक वर्ष नतोकेर काम गर्न कुनै समस्या नभएको भन्दै उनले स्थायी राजधानी तोकिँदा हेटौंडा नै हुने बताएका हुन् । त्यसका लागि सबै पक्ष सहमत भइसकेको मुख्यमन्त्री पौडेलको दाबी छ ।

हेटौँडा स्थायी राजधानी हुने भएपछि यहाँको सडक फराकिलो बनाउन पहल थालिएको पनि बताए । मुख्य बजारमा चार लेनको सडक बनाउन प्रदेश सरकारले केन्द्र सरकारलाई सिफारिस गरिसकेको छ’, पौडेलले भने, यहाँको सडक दायाँ बायाँ १६÷१६ मिटर फराकिलो बनाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्