Logo
१७ मंसिर २०७७
(Wednesday 2nd December 2020)

‘ तपाइहरूले गरेको झापा विद्रोह राजनीतिक र थारुहरूको टिकापुर विद्रोह कसरी अपराध भयो ’?



पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चार वर्ष अघि कैलालीको घटनामा दोषी ठहरिएका रेसम चौधरी दोषी भए प्रचण्ड र आफू पनि दोषी हुने प्रतिक्रिया दिएका छन् । कैलालीको टिकापुरमा जारी थारुवान् सम्मेलनमा सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई इङ्गित गर्दै भने,‘ तपाइहरूले गरेको झापा विद्रोह राजनीतिक भयो । अनि थारुहरूको टिकापुर विद्रोह कसरी अपराध भयो ? ’
कैलालीको टिकापुरमा जारी सम्मेलनमा अतिथिको रूपमा भट्टराई सहित, राजपा अध्यक्षमण्डलका सदस्य लक्ष्मणलाल कर्ण,पूर्व राजदूत विजय कर्ण,पत्रकार किशोर नेपाल, राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौला र युग पाठक लगायत व्यक्तिहरू सम्मेलनमा सहभागी हुन टिकापुर पुगेका छन् ।
सम्मेलनले थारुवान् प्रदेशको माग गर्न थारुवान् मुक्ति मोर्चाको गठन गरेको छ । लक्ष्मण थारुको नेतृत्वमा मोर्चा गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्