Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

यसरी भयो, प्रहरी अस्पतालमा गृहमन्त्री वादलको उपचार



काठमाडौं । सामान्य रुघाखोकीमा समेत विदेश दौडिने परम्परालाई गृहमन्त्री रामबहादुर थापा बादलले भने तोडेका छन् । उनले नेपाल प्रहरी अस्पतालमा निरन्तर पाँच दिन धाएर गर्धन र ढाड दुख्ने समस्याको उपचार गराएका छन्।

उनको उपचारमा संलग्न डीआईजी समेत रहेका डा सुमनराज श्रेष्ठले गृहमन्त्री वादललाई
cervical spondylosin degenrature changes भएको र यो थेरापी र औषधिले ठीक हुने बताए। गृहमन्त्री वादललाई अस्पताल आइरहनु नपर्ने र घरमै बसेर शारिरिक व्यायाम गर्दा निको हुने उनले बताए ।

आर्थिक रुपमा पारदर्शि भएकै कारण गृहमन्त्री वादल अन्य कम्युनिष्ट नेता भन्दा पृथक छन् ।
स्मरणीय छ, आर्थिक रुपमा निकै चलखेल मानिने गृहमन्त्रालयमा वादलले त्यसलाई निरुत्साहित नै गरेका छन् । सरुवा, बढुवादेखि सुन, डाफोरकाण्ड लगायत विभिन्न काण्डमा जोडिने गृहमा वादलले गृहमन्त्रालय समालेपछि रोकिएको गृहका एक कर्मचारी बताउँछन् । गृहलाई प्रभावमा पारेर सुन लगायत तस्करीमा जोडिएकाहरुले अहिले वादलको विपक्षमा जनमत निर्माण गर्न लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्