Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

‘लुट्न सके लुट’ गीत युट्युबमा अपलोड ?



काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले गायक पशुपति शर्माको विवादित गित लुट्न सके लुट कान्छा बोलको गितलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । गीतको विषयलाई लिएर विवाद बढेपछि आइतबार प्रतिष्ठानको बैठकले विवादित गितलाई युट्युबमा अपलोड गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले गित राख्न वा हटाउने सम्बन्धमा सम्वन्धीत निकायबाट आधिकारिक अनुरोध वा जानकारी नआएको, र गीत हटाउने विषयलाई लिएर औपचारिक प्रस्ताव दर्ता समेत नगराएको स्पष्ट पारेको छ।
अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले भनेको छ, पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई फेर्न योग्य लागेर गीत हटाएको हो भने त्यो उहाँको निजी स्वतन्त्रता हो सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाएको भए गीतलाई जस्ताको तस्तै पुनः अपलोड गर्नु संस्था अनुरोध गर्दछ।

गितमा प्रयोग भएको शव्दको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि गायक शर्माले गित आफनो यूटुव च्यानलबाट गित निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्