Logo
१३ कार्तिक २०७७
(Thursday 29th October 2020)

आचार्यले भने, शर्माको गितले भावुक बनायो



काठमाण्डौं । चर्चित लोकगायक पशुपति शर्माको “लुट्न सके लुट कान्छा” भन्ने गितका सन्दर्भमा अनेक तर्क वितर्क भइरहेका बेला नेकपाका युवा नेता जीवन आचार्यले भने शर्माको गित देशको वास्तविकतामा आधारित रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सन्जाल फेसबुक स्टार्टसमार्फत आचार्यले भनेका छन, शर्माको गितले आफुलाई भावुक बनायो । आर्थिक संवृद्धिको नारालाई जनभावना अनुसार व्यवहारमा उर्तान प्रधानमन्त्री केपी शर्मा ओलीले अब ढिला गर्नु नहुने उनको जोड छ । जनतामाझ गरेको प्रतिवद्धता पुरा गर्न ढिला गरिएन भने पशुपति शर्मा जस्ता गायकले फेरि यस्ता गित गाउन नपाउने उनको भनाई छ ।

पशुपती शर्माको गितका नाममा :
धेरै चर्चा परिचर्चा पछि पशुपति शर्माको “लुट्न सके लुट कान्छा” भन्ने गित पुरा भिडियो हेरें। यो गित निकाल्न हुन्थ्यो हुँदैनथ्यो यो दोश्रो पाटो हो, वास्तवमा भन्ने हो भने यो गितले मलाई चॉहि भावुक बनायो।
प्रधानमंत्री ज्यू अब ढिला नगरौं, म एउटा यूवाले राष्ट्रका लागि के गर्न पर्छ भन्नुहोस् मेरो एकमुट्ठी सास राष्ट्रका लागि…ता कि पशुपती शर्माहरुले फेरि यस्ता गित गाउन नपाऊन्।
आचार्य नेकपाका अध्यक्ष पुष्पकमल दाहालका ज्वाई हुन भने उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका सल्लाहकार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्