Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

पुडासैनी आत्महत्या प्रकरण : अवैध कारोवारको आरोप पुष्टि गर्न पौडेलले दिए चुनौती



काठमाण्डौं । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले सिधा कुरा जनतासँगका प्रस्तोता रवी लामिछानेको सम्पुर्ण अवैध काम वेलकम एड्भरटाइजिङ्गं एजेन्सीमार्फत हुने गरेको आफनो भिडियोमा आरोप लगाएपछि संस्थाका प्रमुख निर्मल राज पौडेलले त्यसको खण्डन गरेका छन् ।

काठमाण्डौं टेलिभिजनसँग कुरा गर्दै पौडेलले सिधा कुरा जनतासँग कार्यक्रम आफनो संस्थाको नभएको र रवी मात्र सल्लाहकार भएको बताए । उनले न्यूज २४ टेलिभिजनबाट प्रशारण हुँदै आएको सिधा कुरा जनतासँग कार्यक्रमको सम्पुर्ण स्वामित्व न्यूज २४ टेलिभिजनको भएको पनि बताए । उनले पुडासैनीले भिडियोमा आरोप लगाएको जस्तो अवैध कारोबार वेलकम एड्भरटाइजिङ्गं एजेन्सीबाट हुने गरेको पुष्टि गर्न समेत चुनौती दिएका छन् । राज्यले छानविन गर्न चाहे आफु राज्यलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि पौडेलले बताए ।

सिधा कुरा जनतासँग कार्यक्रमको विज्ञापन खोज्ने मुख्य एड एजेन्सी वेलकम भएकाले पुडासैनीमाथि त्यो भ्रम रहेको हुन सक्ने पौडेलेको भनाई छ । उनले भने, त्यस कार्यक्रमको १० मिनेटको विज्ञापन खोज्ने संझौता आफनो संस्थाले रवीसँग नभई न्यूज २४ टेलिभिजनसँग गरेको हो, यसमा सवै प्रष्ट हुनुपर्छ ।

पौडेलले रवी लामिछाने लामो समयदेखि आफनो संस्थामा आवद्ध भएको सवैलाई जगजाहेर रहेको पनि बताए । आत्महत्या गरेका पत्रकार पुडासैनीलाई रवीको विवाहमा मात्र देखेको पनि पौडेलले बताए । २०१२ मा रवीले वल्र्ड रेकर्ड राखेको म्याराथुन टक शो को मुख्य व्यवस्थापक भएदेखि नै रवी आफनो संस्थामा मात्र सल्लाहकारको रुपमा रहेको पौडेलले भनाई छ । लामो समयदेखि विज्ञापन तथा इभेन्ट म्यानेजमेण्टको काम गर्दै आएको पौडेलको वेलकम एड्भरटाइजिङ्गं एजेन्सी काठमाण्डौंको पुरानो बानेश्वरमा छ ।

प्रतिक्रिया दिनुहोस्