Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

सिन्धुलीका दाहाल एकै छातामुनि



सिन्धुली । विश्वभरका दाहाललाई एकै छातामुनि ल्याउने उदेश्यका साथ सुरु भएको दाहाल एकता अभियानले संगठित रुप लिने क्रम जारी छ । त्यस्तै सिन्धुलीमा पनि जिल्लाका विभिन्न स्थानीय तहमा रहेका दाहाल बन्धुहरुको भेटघाट तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

एक दिने भेलाले जिल्लामा कार्यक्रम र अघिवेशनका लागि शेषराज दाहालको संयोजकत्वमा ९ सदस्यिय तदर्थ समिति गठन गरेको छ । समितिको उपसंयोजकमा ऋषि राम दाहाल, सचिवमा रामेश्वर दाहाल, कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल र सदस्यहरुमा राजन प्रसाद दाहाल, कृष्ण राज दाहाल, प्रेम दाहाल, घनश्याम दाहाल र पुरुषोत्तम दाहाल चयन भएका छन् ।

त्यसैगरि, भेलाले सदस्यता विस्तारका लागि विभिन्न स्थानीय तहमा जिम्मेवारी बाँडफाँट गरेको छ । सदस्यता विस्तारका लागि तिनपाटन गाउँपालिकामा पुरुषोत्तम दाहाल, रामेश्वर दाहाल र प्रेम दाहाल, सुनकोशि गाउँपालिकामा बद्रि दाहाल, रेवती दाहाल, दुधौलि नगरपालिकामा शम्भु प्रसाद दाहाल र ग्याङलेखमा सावित्रा दाहाललाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्