
हेटौंडा, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिमाण दिने योजनामा लगानी गर्नु पर्ने बताएका छन । योजना बनाउदा आबश्यकतालाई प्राथमिकता दिनु पर्ने पनि उनको भनाई थियो ।
शुक्रबार दोलखाको भिमेश्वर नगरपालिकाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अब काम गर्ने शैली पनि परिबर्तन गर्नुपर्ने बताए ।
बिगतका शैलीले काम गर्न अप्ठ्यारो भएकोले पनि अब परिबर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकार यो परम्पराबाट मुक्त हुने प्रयासमा रहेको जानकारी दिएका थिए ।
उनले परिबर्तन आफैंबाट गर्नुपर्छ, यसको सुरुवात प्रदेश सरकारले सुरु गरिसकेको र आफु काममा बिश्वास गर्ने मान्छे रहेकोले काम प्रति लगाव निकै रहेको बताएका थिए ।
प्रदेशका १३ वटा जिल्लाहरुलाई समान व्यवहार गर्ने बताउँदै समान विकासको अबसर प्रदान गर्ने बबताउदै पौडेलले प्रदेशले स्थानिय स्तरमा छलफल गरेर आबश्यकता अनुसार बिकाशका योजना तयार गर्ने जानकारी दिए ।
विगतमा हचुवाका भरमा बजेट विनियोजन गरेको भन्दै अव छलफल गरेर परिणाम दिने क्षेत्रमा मात्र लगानी गर्ने स्पष्ट पार्दै उनले नेपालमा कृषिको धेरै सम्भावना रहेपनि अधिकाँस खेतबारी बाँझो रहेको र यसलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने धारणा राखेका थिए ।