
काभ्रे । अर्थमन्त्री डा। युवराज खतिवडाले ब्याजदरको उतारचढाव मिलाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्। वित्तीय तरलता र ब्याजदरको उतारचढाव नियन्त्रण गर्न सरकारलाई बाध्य नबनाउन समेत उनले चेतावनी दिए।
बुधबार काभ्रेको बनेपा नगरपालिका नालास्थित हेस्टर बायोसाइन्सेज नेपाल कम्पनीको उद्घाटन कार्यक्रममा अर्थमन्त्रीले सुरक्षित लगानीका लागि तरलता सिर्जना गर्न आग्रह पनि गरे। वित्तीय तरलता र ब्याजदरको उतारचढाव जस्ता समस्याको समधान गर्न सरकार नीतिगत रुपमा लागिसकेकोले बैंक तथा वित्तीय संस्था आफैंले अरु विषय मिलाउनुपर्ने उनको भनाई छ।
वित्तीय तरलता, ब्याजदरमा उतारचढाव लगायतका समस्याको समाधान गर्न सरकार लागिसको जनाउँदै उनले भने तर बैंकमा हुने गरेको ब्याजदरको तलमाथि आफैं मिलाउनुहोस्। सरकारलाई सो विषयमा चलाउन बाध्य नबनाउनुहोस्।’
हेस्टर बायोसाइन्सेज नेपाल कम्पनीको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्री त्यहाँ पुगेका थिए।